
आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को पहिलो खेलमा न्युजिल्यान्डले आयोजक मुलुक पाकिस्तानलाई ३२१ रनको लक्ष्य दिएको छ। कराँचीस्थित रंगशालामा भएको खेलमा न्युजिल्यान्डले पाँच विकेट गुमाएर ३२० रन बनाएको हो।
पाकिस्तानले टस जितेर पहिले बलिङ रोजेको खेलमा न्युजिल्यान्डका दुई खेलाडीले शतक प्रहार गरे। ओपनिङमा आएका विल योङले ११३ बलमा १०७ रन बनाएर टिमलाई विशाल योगफलको आधार बनाएका थिए।
त्यस्तै, टोम लाथमले १०४ बलमा अविजित ११८ रन बनाए भने ग्लेन फिलिप्सले ३९ बलमा आक्रामक ६१ रन जोडेका थिए।
पाकिस्तानका लागि निसम साह र हरीश रौफले २ – २ विकेट तथा अबरर अहमदले १ विकेट लिए