फुटबलमा ११ वर्षपछि नेपालले अफगानिस्तानलाई हरायो

Logo
सोहरुची प्रकाशित आइतबार, मंसिर ०१, २०८१ खेलकुद समाचार

नेपालले फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई २–० ले हराएको छ । शनिबार ताजकिस्तानको डुसान्वेस्थित सेन्ट्रल स्टेडियममा नेपाललाई जित दिलाउन मनीष डांगी र रोहित चन्दले गोल गरे । फिफा वरीयतामा २५ स्थान माथिको अफगानिस्तानविरुद्ध नेपालले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफमा नेपालले काउन्टर अट्याकमा दबाब बनाउँदै दुई गोल गर्न सफल भयो । नेपालले ११ वर्षपछि अफगानिस्तानसँग प्रतिस्पर्धा गरेको हो । सन् २०१३ मा नेपाल दशरथ रंगशालामै अफगानिस्तानसँग दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको थियो । त्यसअघि नेपालले सन् २०११ मा दशरथ रंगशालामै अफगानिस्तानलाई भरत खवासको गोलमा १–० ले पराजित गरेको थियो ।

दोस्रो खेलमा प्रशिक्षक नवीन न्यौपानेले रक्षक रन्दीप पौडेललाई डेब्यु गराएका हुन् । भिन्सेन्जो अल्बेर्टाेलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ सम्झौता नगरेपछि न्यौपाने अन्तरिम प्रशिक्षक बनेका हुन् । चेतन घिमिरे सहयक प्रशिक्षकको जिम्मेवारीमा छन् । दुबैले जिम्मेवारी पाएको दोस्रो खेलमै सफल नतिजा निकाल्न सफल भए ।

यसअघि नेपालले १३ खेलसम्म जित निकाल्न सकेको थिएन । यसअघि पहिलो खेलमा रोहन कार्की र निराजन धामीले डेब्यु पाएका थिए । चारमध्ये रक्षक अभिषेक वाइबाले डेब्यु गर्न बाँकी रह्यो । यसअघि नेपाल पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४–० ले पराजित भएको थियो । ताजकिस्तान नेपालभन्दा ५१ स्थानमाथि छ । हाल ताजकिस्तान १०५, अफगानिस्तान १५१ र १७६औँ स्थानमा छन् ।

बुधबार पाँच महिनापछि मैदान फर्किएको सिनियर टोली ताजकिस्तानसँग ४–० ले भयो । वर्षा र चिसो मौसमबिच घरेलु मैदानमा ताजकिस्तानले उत्कृष्ट खेल खेलेको थियो । पहिलो हाफमै उसले तीन गोल गर्न गर्‍यो । डुसान्वेमा प्रशिक्षक नवीन न्यौपालेले यू–२० टिमबाट खेलिसकेका रोहन कार्की र नीराजन धामीलाई डेब्यु गराएका थिए । रोहनले पहिलो ११ मै खेले भने नीराजन खेलको ७४औँ मिनेटमा मैदान प्रवेश गरेका हुन् ।

राष्ट्रका लागि रोहितको पहिलो गोलनेपालको जितमा मनीष डांगी र रक्षक रोहितेचन्दले गोल गरे । मनीषले खेलको ४६औँ मिनेटमा अग्रता दिलाए । रोहितले खेलको ७८औँ मिनेटमा दोस्रो गोल गरेका हुन् । रोहितको यो राष्ट्रका लागि पहिलो गोल हो । बक्सभित्र अनमार्क रहेका रोहितको प्रहारलाई अफगानिस्तानका रक्षक गोलकिपरले रोक्न सकेनन् । यसअघि रोहितले सन् २००९ मा प्यालेस्टाइनविरुद्ध १७ वर्षको उमेरमा डेब्यु गरेका थिए ।

१३ खेलपछि नेपालको जित नेपालले १३ खेलपछि अन्तर्राष्ट्रिय फुटबलमा जित निकालेको छ । यसअघि नेपालले १२ असार ०८० मा पाकिस्तानलाई हराएको थियो । त्यसपछि नेपालले तीन खेलमा बराबरी गर्दा १० खेलमा पराजित भएको थियो । १ वर्षपछि जित निकाल्दा नेपाल, म्यानमार, लाओस, युएई, यमन, मलेसिया, बहराइन, इंग्लान्ड ‘सी’ सँग पराजित भएको थियो । यसबिचमा नेपालले सबैभन्दा ठुलो हार बहराइनसँग ५–० को व्यहोरेको छ ।

अफगानिस्तानसँग पछिल्लो भेटनेपालले ११ वर्षपछि अफगानिस्तानसँग खेलेको हो । यसअघि सन् २०१३ मा दशरथ रंगशालामा नेपालले अफगानिस्तानसँग पछिल्लोपटक भेटेको थियो

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२