केही समयअघि अविरल वर्षाको कारण आएको बाढी पहिरोले धेरै धनजनको तथा मानवीय समेत क्षति भएको थियो।
सोही क्षतिलाई मध्यनजर गर्दै नेपाली काङ्ग्रेस काभ्रे जिल्लाका सभापति तीर्थ लामा र उहाँको टिमले विभिन्न ठाउँहरूमा विभिन्न संघसंस्थासँग समन्वय गरेर तथा स्वयं व्यक्तिगत पनि धेरै ठाउँमा सहयोग पुर्याउँनुभएको थियो ।
नेपालीहरूको महान चाड दशैंपछि फेरि उहाँहरूको टिमले राहत संकलन गरेको छ।
तीर्थ लामाको टिमले (NMWS ) NYESYANG MANANG WOMEN SOCIETY (The Art of living)
Eco soap foundation जस्ता संस्थाहरूसँग समन्वय गरेर राहत सङ्कलन गरेको थियो।
नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति तथा पूर्व खानेपानी मन्त्री तीर्थ लामा, नेपाली कांग्रेस प्रदेश सभा १ ख का सभापति चन्द्रबहादुर लामा ,तरुण दल काभ्रे जिल्ला सभापति सुजन लामा ,काभ्रे तरुणदल टिम, भुम्लु गाउँपालिका उपाध्यक्ष दावा लामा , नमोबुद्ध १० का वडा अध्यक्ष प्रेम लामा, विभिन्न नेपाली कांग्रेसका अग्रज नेतागण , काभ्रेली युवाहरू र, (NMWS ) NYESYANG MANANG WOMEN SOCIETY (The Art of living)
Eco soap foundation को उपस्थितिमा
आज नमोबुद्ध वडा नं ११, नमोबुद्ध वडा नम्बर १०, नमोबुद्ध वडा नम्बर १ का पीडितहरूलाई राहत बितरण गरेको छ ।
लामाको टिमले , पिडितहरूलाई अति आवाश्यक खाद्यान्न दाल, चामल ,नुन, तेल, साबुन, चाउचाउ ,बिस्कुट र लत्ता कपडा समेत वितरण गरेको छ।
लामाले पीडितहरूको घाउमा मलम लगाउँदै बाढी पहिरोले क्षतिग्रस्त ठाउँहरूमा चाँडोभन्दा चाँडो पूर्ण निर्माण गर्नको लागि ,र विद्युतहरू बनाउनको लागि समेत सरकारसँग पहल गर्ने बताएका छन्।