सामाजिक काम गर्नबाट कहिल्यै नथाक्ने तारा बहादुर कुँवर काभ्रेमा हुइलचियर वितरण गर्दै

Logo
सोहरुची प्रकाशित मंगलबार, आश्विन ०७, २०८१ काभ्रे विशेष समाचार

काभ्रेपलान्चोक – राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रे क्षेत्र नं. २ को सभापति समाजसेवी, व्यवसायी अभियान्ता तारा बहादुर कुँवर क्षेत्रीले काभ्रे जिल्लाको विभिन्न ठाउँमा अशक्त अपांग परिवारलाई सहयोग गर्दै आएका छन् ।

महाभूकम्प देखि कोरोनाको महामारीको लकडाउनमा समेत श्रमिकहरुलाई पर्न गएको चरम समस्याको बेला खाद्यान्न लगायतका राहत सामाग्री निरन्तर वितरण गरेर आयामिक सामाजिक कार्य गर्न र गराउन चुकेनन्।

समाज सेवालाई उच्चस्थानमा राखेर आफूपनि श्रमिक वर्गवाटै माथि उठेको कारण श्रमिकको सेवामा तल्लिन उनै तारा बहादुर कुँवरले बिपन्न अपांग परिवारलाई हुइलचियर वितरण गरेका छन् ।

काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं. १ निवासी बिपन्न परिवारको ठुली माया तामाङ विगत लामो समय देखि प्यारालाइसिसको बिरामी थिइन् । हिड्न नसक्ने अवस्थामा रहेकी उनिलाई समाजसेवी तारा बहादुर कुँवरले हुइलचियर वितरण गरेका छन् । रोटरी क्लब अफ त्रिपुरेश्वरको हजारौं मिटिङको अवसरमा निशुल्क हुइलचियर वितरण गरिएको हो।

त्यसैगरी जन्म जात नै अपांग जन्मिएका पाँचखाल नगरपालिका वडा नं. १ निवासी वीर बहादुर तामाङलाई पनि हुइलचियर वितरण गरिएको छ।

रोटरी क्लब अफ त्रिपुरेश्वरको १००० औ मिटिङको उपलक्ष्यमा Wheel Chair, Commode Chair, Walkar र Crutches निःशुल्क वितरण गरिएको हो ।

पाँचखाल नगरपालिका वडा नं. ४ निवासी एकल महिला फुल माया दनुवारलाई पनि हुइलचियर प्रदान गरिएको छ । झण्डै चार महिनाको अन्तरालमा Wheel Chair, Commode Chair, Walkar र Crutches गरि ४० वटा वितरण गरिएको तारा बहादुर कुँवरले जानकारी दिए ।

पाँचखाल नगरपालिका-३ मा रहेको सर्वमंगला बहुमुखी क्याम्पसले क्याम्पसको १९ औं वार्षिकोत्सव समारोहको अवसरमा तारा बहादुर कुँवरलाई सम्मान गरेको छ । त्यसै गरि कुवरले भुम्लु गाउँपालिका ज्याम्दिको आयुसा राउतलाई उपचार गराउन सफल भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२