काभ्रेपलान्चोक / मानिसको जिबनको सबैभन्दा पहिलो गुरु आफ्नो आमाबुबा हुन भने दोस्रो गुरु किताब र स्कुलमा ज्ञान दिने गुरु हुन।
मानिसहरू किताबबाट धेरै ज्ञान का कुरा खोजका कुरा ईतिहाँसका कुरा र संसारकै बारेमा बुझ्न पाउँपाउछन।
तर यहि किताबहरू हामिले जतनगरि राख्दैनौ ।
किताबको बारेमा प्रमिला चण्डी श्रेष्ठ लेख्नुहुन्छ
म हूँ किताब मलाई माया गर्नु जहाँ तही फ्याट्ट फूट फाल्ने नगर्नू !! म हूँ किताब छाया बनि पछ्याईरहने छु घाम बनि न्यानो दिनेछु मलम बनि शितलता दिनेछु अधेरो पन हटाई उज्यालो छर्नेछु !! म हूँ किताब
मलाई पढ्नु मलाई बुझ्नु कथा कविता गजल मुक्तक छानी छानी पढ्नु मलाई तिम्रो साथमा माया गरि राख्नु !! अलि अलि पढ्ने बिचमा छोडने काम नगर्नु अर्ध ज्ञान होइन पुरा ज्ञान बोकि समाज, देश, परिवार को हित हुने काम गर्नु !! उचाईमा पुग्न ज्ञान ले भरिनु पर्छ समस्या संग जुध्न आफै संग धैर्यता राख्नु पर्छ मृत्य निस्चित हो तर अनिश्चित छ जिबनलाई फुल कै सुन्दर बनाऊनु पर्छ !!
समस्यामा दुखमा शान्त रूप बोकी मुस्कुराउने गर्नु दीन दुखी मानिसको सेवा गर्नु जे छ बाडि चुडी खानु परिवार भित्र माया प्रेम भाव राख्नु !!
म हूँ किताव तिम्रो असल साथी दुख को साथी, सुख को साथी हर पल को साथी !! तिमिलाई अगाडी बढ्न म सह्योग गर्नेछु उचाईमा पुग्न म ज्ञानले भरिदिनेछु स्यस्थ्य जीवन जीउन को लागि म पेरीत गर्नेछु !!
साच्चिकै उहाले लेख्नुभएको अनुसार किताब मानिसको ज्ञान मात्र नभएर साथी पनि बनिदिन्छ ।
कहि ऐक्लो ठाउँमा होस या कफिसपमा होस ट्राभल गर्दा होस मानिसहरूले किताबलाई आफ्नो साहारा पनि बनाउने गरेका छन । त्यसैले किताबलाई माया गरौ किताबबाट ज्ञान लिउ पढेर आनन्द लिउ तर सम्हालेर राखौ राख्ने बानि बसालौ ।