गणेश भारती स्कुलको भवन हस्तान्तरण

Logo
सोहरुची प्रकाशित आइतबार, भाद्र ०१, २०८१ अर्थ काभ्रे विशेष समाचार

बनेपा – काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. १२ रहेको गणेश भारती माध्यमिक विद्यालमा ध्रुवनाथ शर्मा वाग्लेले निजि लगानीमा बनाएको चारकोठे पक्की भवन आज हस्तान्तरण गरिएको छ । उक्त अवसरमा सरस्वती मन्दिरको प्राण प्रतिस्ठा गरिएको छ । सरस्वती मन्दिरको निर्माण बिना शर्मा वाग्लेले निर्माण गर्नु भएको हो। उक्त कार्यक्रममा HEFA नेपालले विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ।

आज बनेपा नगरपालिकाको नगर प्रमुख शान्ति रत्न शाक्य प्रमुख आतिथ्यतामा र बिमला सापकोटा दाहालको बिशिस्ट आतिथ्यतामा भवनको हस्तान्तरण गरिएको हो। भवन २०६४ सालमा बनाइएको थियो । आज एक विशेष कार्यक्रमको अवसरमा भवन हस्तान्तरण र सरस्वती मन्दिरको प्राण प्रतिस्ठा गरिएको हो।

कार्यक्रममा बनेपा नगरपालिका वडा नं. १२ को वडा अध्यक्ष राम बहादुर कुँवर, काठमाडौं विश्व विद्यालयका रजिस्ट्रार डा. अचुत वाग्ले, मानव तथा श्रोत विकास केन्द्रिय सानोठिमिका महानिर्देशन दिपक शर्मा वाग्ले, गणेश भारती माध्यमिकको प्र.अ प्रेम शर्मा वाग्ले, रेडक्रस सोसाइटी महेन्द्रज्योति उप-सभापति तथा सहकारीकर्मी मुकुन्द शर्मा, वडा नं. १२ का वडा सदस्यहरु, नेपाल विद्यार्थी संघ काभ्रे उप-सभापति आशिष शर्मा वाग्ले, विद्यालयको शिक्षक शिक्षिका, विद्यार्थीहरु, स्थानीय, समाजसेवी, युवा व्यवसायीहरुको सहभागितामा भवन हस्तान्तरण र सरस्वती मन्दिरको प्राण प्रतिस्ठा गरिएको हो।

४२ वर्ष फ्रान्स बसेर आउनु भएको समाजसेवा गर्नुपर्छ भन्ने मान्यता राख्नुहुने  ध्रुबनाथ शर्मा वाग्लेले २०६४ सालमा एकल आर्थिक लगानीमा स्कुलको भवन निर्माण गर्नुभएको थियो । त्यो बेला स्कुलको प्र.अ विष्णु कुँवर हुनुहुन्थ्यो ।

बासडोल बाट बनेपा सम्म पढ्न आउनु पर्ने दुख त्यो जंगलको बाटो देखेर मैले महेन्द्रज्योतिमा गणेश भारती माध्यमिक विद्यालयको भवन निर्माण गरेको ध्रुबनाथ शर्मा वाग्लेले बताउनुभयो । पुर्व प्रधान पन्च स्व.रण बहादुर लामा,  पुर्व गाविस सचीव नवराज थापा, राम बहादुर कुँवर लगायतले भवन निर्माणमा सहयोग पुर्याउनुभएको  थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२