काभ्रेपलान्चोक मा आत्महत्याको सङ्ख्या बड्दो

Logo
सोहरुची प्रकाशित मंगलबार, साउन २८, २०८१ काभ्रे विशेष समाचार सुरक्षा र अपराध

काभ्रेपलाञ्चोक / जिल्लामा आत्महत्या न्यूनीकरण तथा ब्यवस्थापन कार्ययोजना २०८१ तयार गरिएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा जिल्ला स्तरीय आत्महत्या न्यूनीकरण तथा ब्यवस्थापन अभियान समिति र जिल्ला स्तरीय कार्यदल गठन गरिएको छ ।

आर्थिक वर्ष २०८०/२०८१ मा मात्रै काभ्रेपलाञ्चोक जिल्लामा १ सय ३७ जनाले आत्महत्या गरेका छन् भने नेपालमा ६ हजार ९ सय ४८ जनाले आत्महत्या गरेका छन् । पछिल्ला ४ महिनामा आत्महत्या प्रयास गर्ने ४८ जना उपचार पछि घर फर्केका छन् ।

प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्तरीय आत्महत्या न्यूनीकरण तथा ब्यवस्थापन अभियान समितिको संयोजक प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का र सल्लाहकार प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई, सह संयोजक जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठ रहेकी छन् ।

१७ सदस्यीय समितिमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु, शिक्षा, गैसस, विभिन्न सामाजिक संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु रहने छन् ।

जिल्ला स्थित कार्यदलको संयोजकत्वमा जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठ संयोजक र जिल्ला अस्पताल मेथिन्कोटका प्रमुख सह संयोजक रहेका छन् । समितिमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सदस्य रहेका छन् । समिति १५ सदस्यीय हुनेछ । त्यस्तै उक्त समिति स्थानीय तहमा स्वास्थ्य संस्थाका प्रमुखहरुको संयोजकत्वमा स्थानीय स्तरका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु रहने गरी कार्यदल गठन हुनेछ भने वडा स्तरमा वडा स्तरीय स्वास्थ्य संस्थाका प्रमुखहरु संयोजक रहेको समिति गठन हुनेछ । पालिका र वडा स्तरमा प्रहरी कार्यालयका प्रतिनिधिहरु सदस्य सचिव रहने ब्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२