आज नाग पञ्चमी । घरको मूलढोकामाथि नागको चित्र टाँसी पूजा अर्चना गर्दै मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्लपक्ष पञ्चमीका दिन बिहान सबेरै नुहाइधुवाइ गरी घरमा लिपपोत गरी घरको मूलढोकामाथि गाईको गोबरले नागको फोटो टाँस्ने गरिन्छ । त्यसमा गाईको दुध दुबो जल र घिऊले सर्पलाई स्नान गराईन्छ । गहु दुबो धानको लावा दहि चामलको दुध (चौलानी) हरुले सर्पको पूजा गरिन्छ । कपासको वा पिठोको सर्प बनाएर पुजा गर्ने चलन पनि छ। सर्पको प्वालमा दुध, दुबो, गहु चौलानी राखिदिने र पूजा गर्ने चलन छ । यस दिन अरु सबै नाग र सर्प लगायत कालो रंगको नागको बिशेष पूजा गरिने परंपरा रहेको पाइन्छ ।
परापुर्ब काल देखि सबैलाई देवता मान्ने चलन अन्तर्गत नाग, जो पातालको राजा मानिन्छ, तिनलाई पुजा गरेर शान्त पार्नु परम्परा रही आएको छ । श्रावन शुक्ल पंचमीलाई नाग पंचमीको रुपमा मनाईन्छ। पंचमी भन्नाले औंसीको पाँचौ दिन हो । यस दिन अरु सबै नाग र सर्प लगायत कालो रंगको नागको बिशेष पूजा गरिने परंपरा रहेको पाइन्छ ।
नागको पूजा गर्नाले सर्पको भयबाट मुक्ति पाइने बताइन्छ । नाग मंत्रको उचारणले मात्र पनि सर्पको टोकाईबाट बचिन्छ र सर्पहरु घर वरपर आउँदैनन भन्ने बिस्वास छ ।
नाग पंचमी किन मनाउन थालियो भन्ने बारे थुप्रै जनबिस्वाशहरु पाइन्छ । नाग पंचमी किन मनाइन्छ भन्ने बारे धेरै धारणाहरु पाइन्छ। कृष्ण भगवानले श्रावण शुक्ल पंचमीका दिन काली नाग माथि बिजय प्राप्त गरेर त्यस नागलाई शान्त गरेको उपलक्ष्यमा नाग पंचमी खुसियाली मनाउने चलन भंएको पनि मानिन्छ । काठमाडौँ उपत्यका पहिले एउटा तलाउ थियो । उक्त तलाउको नाम टेथिस सागर थियो । त्यस सागरको पानि बाहिर निकाले र मान्छे बस्न योग्य बनाए पछी सम्पूर्ण नाग समाज रिसाए । उनीहरुलाई शान्त पार्न ठाउँ ठाउँमा नागको स्थानहरु बनाईयो र पुजा गर्न थालियो भन्ने जन बिस्वास पनि रहेको छ ।
भनिन्छ कस्यप ऋषिका १३ पत्निहरु मध्ये कद्रूले ८ नागहरुलाई जन्म दिईन । ति नागहरु पातालका सासक भए । ति सबै ८ नागका नाम नाग मंत्रमा यसरी रहेका छन् – अनन्तं वासुकिं शेषं पद्मनाभं कम्बल शंखपालं धार्तराष्ट्रं तक्षकं र कालिया । यी नागहरु धेरै शक्तिशाली र भयानक मानिन्छ । यिनको पुजा गर्नाले यी नाघरु शान्त रहने र दुख नदिने विश्वास गरिन्छ । यिनै ८ नागका नामहरु लेखेर ढोकामा टास्ने गरिन्छ । नागलाइ वर्षाको श्रोत पनि मानिन्छ । नाग रिसाएमा पानि नपर्ने र पानि नपरे खेतिबालि गर्न गार्हो हुने हुनाले पनि नागको पूजा पुजा गरेर नाग पंचमी मनाईन्छ भन्ने पनि रहेको छ ।