कार्यसम्पादन मूल्याङकनमा जिल्ला प्रशासन कार्यालय काभ्रे ४६ औँ स्थानमा

Logo
सोहरुची प्रकाशित बिहिबार, साउन २३, २०८१ काभ्रे विशेष समाचार

काभ्रेपलान्चोक  / जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक कार्यसम्पादन मुल्यांकनमा झन् कमजोर देखिएको छ । कार्यसम्पादन मुल्यांकनमा काभ्रेको वरियता खस्किएको हो । गृह-मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ मा गरेको कामका आधारमा काभ्रे ४६ औं स्थानमा रहेको छ ।

आर्थिक वर्ष २०७९/७० को तुलनामा काभ्रे कार्यसम्पादनमा ६ स्थान तल खस्किएको हो । यसअघि काभ्रे ४० औं स्थानमा थियो । गृह प्रशासनले जिल्ला प्रशासनले गरेको कामका आधारमा विभिन्न शीर्षकमा अंक प्रदान गर्दछ । आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय काभ्रेले ९१.६८७५ अंक प्राप्त गरेको छ ।

कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देही ९८ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ७६.२५ अंकसहित अन्तिम स्थानमा छ । रुपन्देहीसहित पाल्पा, बाग्लुङ, रुकुम पश्चिम, मकवानपुर, पर्वत, गुल्मी, तेह्रथुम र सोलुखुम्बु उत्कृष्ट १०को सूचीभित्र परेका छन् ।

कार्यसम्पादन मूल्यांकनमा ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक पाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२