नेपाल क्योकुशिन सेइसिन काइकान कराँते एसोसिएशन काभ्रेमा नयाँ नेतृत्व चयन

Logo
सोहरुची प्रकाशित शुक्रबार, साउन १७, २०८१ काभ्रे विशेष खेलकुद समाचार

काभ्रेपलान्चोक /नेपाल क्योकुशिन सेइसिन काइकान कराँते एसोसिएशन काभ्रे शाखाको अध्यक्षमा सूर्य बहादुर श्रेष्ठ चयन हुनु भएको छ ।

प्रथम साधारण सभाबाट श्रेष्ठको अध्यक्षतामा शाखा गठन गरिएको हो । नवनिर्वाचित अध्यक्ष सहित कार्यसमितिलाई आज बनेपामा जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकका अध्यक्ष मानवीर वाईबाको अध्यक्षतामा एक  कार्यक्रमको आयोजना गरेर प्रमाण पत्र वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल क्योकुशिन सेइसिन काइकान कराँते एसोसिएशनका केन्द्रीय अध्यक्ष अशोक कुमार श्रेष्ठले खेलाडीहरूलाई नयाँ नयाँ अवसर प्रदान गर्दै आएको बताउनुभयो । उहाँले नेपालमा क्योकुशिन सेइसिन काइकान कराँते एसोसिएशन पहिलो नम्बरमा रहेको दाबी गर्नुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वाईबाले जिल्लामा खेलको क्षेत्रमा उर्जा थपिएको बताउनुभयो । खेलकुदको क्षेत्रमा जिल्लाले उत्कृष्टता हासिल गरिरहेको र त्यसमा जिल्ला खेलकुद विकास समितिले प्रोत्साहन गर्दै आएको बताउनुभयो । जिल्लाका सबै पालिकासंग समन्वय गरेर खेलकुदको विकास र विस्तारमा गर्ने बताउनुभयो । जिल्लामा रहेका ८ जना प्रशिक्षकलाई महिनाको २ पटक पालिकामै पुगेर प्रशिक्षणका लागि जान समेत उहाँले आग्रह गर्नुभयो ।

जिल्लामा २ सयवटा खेलकुद संघ रहेको र उनीहरूलाई क्रियाशील रहन समेत अध्यक्ष वाईबाले बताउनुभयो । वर्षमा एउटा गतिविधि अनिवार्य गर्न र जिल्ला खेलकुद विकास समितिमा नवीकरण गर्न उहाँले संघहरूलाई अनुरोध गर्नुभयो ।

पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका प्रमुख बद्रीराज तिमल्सिनाले खेल मार्फत समाजमा योगदान पुर्‍याउन आग्रह गर्नुभयो ।

बनेपा नगरपालिका वडा नम्बर ८ का वडाध्याक्ष सुक लक्ष्यी मानन्धर कराते खेललाई थप ब्यवसायी बनाउन सहयोग पुग्ने बताउनुभयो ।

नेपाल क्योकुशिन सेइसिन काइकान कराँते एसोसिएशन काभ्रेको उपाध्यक्षमा बसन्त नारायण भोछिभया र संगम थापा, महासचिवमा नहकुल केसी, सचिव धर्मेन्द्र तिमल्सिना र कोषाध्यक्षमा निलम श्रेष्ठ रहनु भएको छ ।सदस्यहरू पुष्पा खड्का, जयराम लामा, कल्पना सापकोटा, माधव खड्का र पुजन महर्जन रहनुभएको छ ।

प्रमुख सल्लाहकारमा महेशराज पौडेल, सल्लाहकारमा महेश कर्माचार्य, प्रेस सल्लाहकारमा नवराज बजागाईं र कपिल कोइराला रहनुभएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२