काभ्रेपलान्चोक / हाल नेपालीहरू अनलाइनमा धेरै किसिमले ठगिएका छन । कैले whatsapp मा चिठ्ठा पर्यो भन्ने म्यासेज को कारण त कैले online bet, हो यस्तै हाल मानिसहरू नयाँ तरिका बाट ठगिमा परेका छन । अहिले अनलाइन scamer को बिगबिगी छ। scamer हरूले अनेक जाल रचेर अनेक बहाना बनाएर कथा रचेर मानिसहरूलाई समस्यामा पारेर ठगि गरिरहेका छन। अहिले ऐउटा हाई टेक्नोलोजी scam आएको छ जस्लाई सिम स्वाब फ्लडिङ भनिन्छ।
- के हो सिम स्वाब फ्लडिङ र यसले कसरी काम गर्छ ?
सिम स्वाब अन्तरगत ह्याकरले तपाईंको मोबाइलमा फोन गर्छ।
उसको फोन तपाईंले रिसिभ गरेपछि तपाईंको फोनको नेटवर्क सिग्नल बिस्तारै घट्दै जान्छ र सुन्यमा पुग्छ त्यसपछि तपाईलाई फेरि ह्यकरले फोन गर्छ अनि भन्छ तपाईंको नेटवर्क सिग्नल बिग्रेको छ र आफू सिम सर्भिस सेन्टरबाट बोलेको भनेर बिस्वास दिलाउन खोज्छ तपाईलाई मदत गर्न खोेजेको अनुभुती दिलाउन खोज्छ
त्यसपछि ह्यकरले भन्छ तपाईंको नेटवर्कमा समस्या आएको छ कृपया नेटवर्क फेरि सुचारु गर्नका लागि १ थिच्नुहोस भन्छ
यदि तपाईले १ थिच्नुभयो भने तपाईंको नेटवर्क त फिर्ता आउँछ तर तपाईंको फोन ह्याकरले ह्याक गरिसकेको हुन्छ तपाईंको फोनले केही पनि काम गर्दैन किनभने तपाईंको सिम अर्कैमा स्वाब भैसकेको हुन्छ र तपाईंको नम्बर अनुसारको खाता बाट पैसा हराउँछ तपाईं ठगिनु भैसकेको हुनेछ।
यस्तो ठगि बाट कसरी बच्ने ?
यदि तपाईंको मोबाइलमा संङकास्पद फोन कल आयो भने कल काट्दिनोस।
आफुले नबुझेका विभिन्न प्रकारका एसएमएसहरू आयको छन भने वास्ता नगर्नुहोस।
यस्तै ठगी गर्ने अर्को माध्यम हो scamer अनलाइन जुवा
जसले मानिसहरू लाई अनलाइन scamमा पैसा हाल्न लगाउछ।
पैला १००० रूपैया हाल्नुस तपाईलाई २००० आउँछ भन्छ अनि खेल्ने मान्छेलाई बिश्वास दिलाउन २००० फर्काईदिन्छ फेरि धेरै हाल्नुस भन्छ अनि धेरै पैसा पठाएपछि न त त्यो पैसा फिर्ता आउँछ न त त्यो मान्छे सम्पर्कमा नै आउँछ
यसरी मानिसहरू ठगीको सिकार बन्न पुग्छन पैसा गुमिसकेपछि परिवारलाई के भन्ने भन्ने डरले उनिहरू कतिपयले नराम्रो बाटो पनि रोज्न खोज्ने पाईयको छ।
ह्याकरहरूले ठगी गर्ने माध्यम भने esewa लाई बनाईरहेका छन।
उनिहरूले esewa मार्फत कारोबार गर्ने र पछि सोही esewa भएको ब्यक्तिलाई समेत आफ्नो खातामा पैसा आएको गएको जानकारी नहुने बताएका छन
हाल यस्तो किसिमको घटनाहरू दिन प्रति दिन बढिरहेका छन
- यस्तो ह्याकरहरू बाट समयमै सतर्क रहनुहोला ।