रास्वपा नेता मोहन थापा अमेरिकाको विमानस्थलबाटै पक्राउ

Logo
सोहरुची प्रकाशित आइतबार, फाल्गुण १७, २०८१ समाचार

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निकट मोहनजंग थापा अमेरिकामा पक्राउ परेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्यसमेत रहेका थापा गतहप्ता अमेरिकाका पेन्सिलभेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् । थापालाई अहिले फिलाडेल्फिया संघीय हिरासतमा राखिएको छ ।

थापा गएको हप्ता सभापति लामिछानेको परिवार र रास्वपा नेता डीपी अर्याल, शिशिर खनालसहित नक्सालको एक रेष्टुुरेन्टमा डिनर गरी भोलिपल्ट अमेरिका उडेका थिए । कतार हुँदै अमेरिका पुगेपछि उनी पक्राउ परेका थिए ।

अमरिकी आप्रवासन तथा भन्सार प्रबर्तन(आईएस)ले थापालाई पक्राउ गरेको बताइएको छ ।

थापा अमेरिकी ग्रिनकार्ड होल्डर हुन् । थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा मुद्दा चलेर जेल समेत बसेका थिए। त्यसछि उनको अमेरिकी नागरिकता रद्द भएर ग्रीन कार्डमा थिए । अमेरिकामा थापाबिरुद्ध चेक बाउन्स, ठगीमा यसअघि नै कारबाही भइसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२