च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानलाई न्युजिल्यान्डले दियो ३२१ रनको लक्ष्य

Logo
सोहरुची प्रकाशित बुधबार, फाल्गुण ०६, २०८१ खेलकुद समाचार

आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को पहिलो खेलमा न्युजिल्यान्डले आयोजक मुलुक पाकिस्तानलाई ३२१ रनको लक्ष्य दिएको छ। कराँचीस्थित रंगशालामा भएको खेलमा न्युजिल्यान्डले पाँच विकेट गुमाएर ३२० रन बनाएको हो।

पाकिस्तानले टस जितेर पहिले बलिङ रोजेको खेलमा न्युजिल्यान्डका दुई खेलाडीले शतक प्रहार गरे। ओपनिङमा आएका विल योङले ११३ बलमा १०७ रन बनाएर टिमलाई विशाल योगफलको आधार बनाएका थिए। 

त्यस्तै, टोम लाथमले १०४ बलमा अविजित ११८ रन  बनाए भने ग्लेन फिलिप्सले ३९ बलमा आक्रामक ६१ रन जोडेका थिए। 

पाकिस्तानका लागि निसम साह र हरीश रौफले २ – २ विकेट तथा अबरर अहमदले १ विकेट लिए

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२