काभ्रे–नेकपा एमाले काभ्रेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु काभ्रे जिल्ला कमिटीको ३१ औं जिल्ला अधिवेशनले दिपेश तिमल्सिनाको नेतृत्वमा नयाँ जिल्ला कमिटि निर्वाचित गरेको छ ।
आज बनेपामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा सौगात अधिकारी, आयुष बडाल र सुजन सापकोटालाई निर्वाचित गरेको छ भने सचिवमा प्रविण पौडेल निर्वाचित भएका छन् । यस्तै सह सचिवमा तिर्सना तामाङ, आभास चौलागाईं र उत्कर्ष दाहाल तथा कोषाध्यक्षमा प्रजिता ढुंगाना निर्वाचित भइन् ।
अधिवेशनको उद्घाटन नेकपा एमालेको पोलिटब्युरो सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री बाँस्कोटाले अनेरास्ववियु सिकाईको विश्वविद्यालयको रुपमा रहेको बताए । अनेरास्ववियुले विद्यार्थीको हक, अधिकारको रक्षा गर्नुका साथै अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाउँदै आएको बताए । उनले अनेरास्ववियुले चेतना, ज्ञान र निर्माणको झण्डा बोकेको बताए । विद्यार्थीले समाज, परिवार, शिक्षा र भविष्यको बारेमा सकारात्मक सोच राख्न जरुरी रहेको बताएका छन् । यस्तै अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन गौतमले अनेरास्ववियुले व्यवहारिक शिक्षा, सिर्जनात्मकता र नविनताको आन्दोलनको नेतृत्व गरिरहेको बताए ।
नेपालमै पहिलोपटक आइडिया बैंक सञ्चालन, हरेक अधिवेशनमा रचनात्मक कार्य अनिवार्य, एसईई सम्मान, लगायतका नविनतम कार्यको थालनी अनेरास्ववियुले गरेको उनले बताए । कार्यक्रममा नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल अनेरास्वविुका केन्द्रिय सचिव सुजन कडरिया लगायत विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो । भने केहीले फेसबुक स्टाटसमा लेख्दै आफ्नो असन्तुष्टहरू पनि पोख्दै अर्को लिस्ट निराजन तिमल्सिनाको नेतृत्वको लिस्ट सार्वजनिक गरेको थियो। अधिवेशनको अवसर पारेर अनेरास्ववियु काभ्रेले जिल्लास्तरीय नृत्य प्रतियोगिता समेत आयोजना गरेको छ । नृत्य प्रतियोगितामा बेलर इन्टरनेश्नल एकेडेमी बनेपा प्रथम, क्षितिज अंग्रेजी स्कुल दोस्रो र एबिएम स्कुलले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका थिए