रवि लामिछानेको तस्बिरबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

Logo
सोहरुची प्रकाशित शुक्रबार, पुष ०४, २०८१ समाचार

 कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको घटनाबारे छानबिन गर्न समिति गठन भएको छ ।प्रहरी प्रधान कार्यालयले गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । यसअघि गृहमन्त्री रमेश लेखकले तस्बिर सार्वजनिक गर्ने र जिम्मेवार प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका थिए ।

लामिछाने हिरासतको तस्बिर प्रकाशित भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई सुविधासम्पन्न रूपमा राखिएको भन्दै प्रहरीको आलोचना गरेका थिए । तर आफूलाई रास्वपाकै ‘एक शुभचिन्तक’ बताउने चिकित्सक निकोलस भुसालले तस्बिर सार्वजनिक गरेको जिम्मा लिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२