अबैध रुपमा ल्याइएको आइफोन प्रहरीको नियन्त्रणमा

Logo
सोहरुची प्रकाशित सोमबार, साउन ०६, २०८१ मनोरंजन राजनीति समाचार

सिन्धुपाल्चोक – इलाका प्रहरी कार्यालय गोदारी सिन्धुपाल्चोकले भन्सार छ्ली गर्दै ल्याएको मोबाइल फोन नियन्त्रणमा लिएको छ । चिन बाट नेपालमा भन्सार छली गरी ल्याउदै गरेको iPhone 13 pro max 256 मोबाइल २१ पिस प्रहरीले नियन्त्रणमा लिएको छ।

साथै ऊनीहरु बाट मोवाईलको व्याट्री ६ पिस सहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नं. ३ दुगुनागढी बस्ने पेम दोर्जे शेर्पा र जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ०७ घुमथाङ घर भई हाल भोटेकोशी गाउँपालिका वडा नं. ०२ तामाङ गाँउ बस्ने राजु थापा लाई इलाका प्रहरी कार्यलय कोदारी सिन्धुपाल्चोक प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि तातोपानी भन्सार कार्यालयमा बुझाइएको थियो।

बरामदको थप अनुसन्धान गर्दै जाने क्रममा भन्सार कार्यालय र बि.ओ.पि. तातोपानीबाट खटिएको सशस्त्र प्रहरी बलले संयुक्त चेकजाँच गर्ने क्रममा भोटेकोशी गाउँपालिका वडा नं ५ बस्ने ग्यालछिरी तामाङ, निजको छोरा निमा फुन्जो तामाङ,निजको श्रीमति दासाङ्मु तामाङ र सोही गाउँपालिका वडा नं ४ बस्ने निजयोक तामाङको साथबाट समेत iPhone 13 pro max 256 मोबाइल ६ पिस बरामद गरी तातोपानी भन्सारमा कार्यालयद्वारा अनुसन्धान कार्य गरिरहेको छ ।

पक्राउ परेका राजु थापा र पेम दोर्जे शेर्पा यस अघि पनि अवैध रुपमा चिनिया मदिरा चिनबाट नेपाल तर्फ rewang logistics को सवारी साधनमा तस्करी गर्ने क्रममा पक्राउमा परेका थिए भने ग्यालछिरी तामाङ र निमा फुन्जो तामाङ भन्सार कार्यालयमा तोडफोड तथा कुटपिटमा संलग्न व्यक्तिहरु हुन ।


तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोक बाट ग्यालछिरी तामाङ, निमा फुन्जो तामाङलाई प्रति व्यक्ति २/२ लाख धरौटी खुलेको छ भने दासाङ्मु तामाङ र निजयोक तामाङलाई प्रति व्यक्ति १/१ लाख धरौटी खुलेको श्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२