नेपाल धितोपत्र बोर्डको अध्यक्षमा तीनजना उम्मेदवारको नाम सिफारिस गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी संयोजकत्वको समितिले मन्त्रिपरिषद्समक्ष सन्तोषनारायण श्रेष्ठ, डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गरेको हो ।
आइतबार समितिले कृष्णबहादुर कार्की, डा. नवराज अधिकारी र चिरञ्जीवी चापागाईंलाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाएको थियो । यद्यपि, चापागाईं नआएपछि समितिले कार्की र अधिकारीसँग मात्रै अन्तर्वार्ता लिएको छ ।
गत १८ असोजमा अध्यक्षका लागि समितिले तीनजना उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । सो समयमा समितिका संयोजक प्रा.डा. अधिकारी अस्वस्थ भएपछि नियुक्ति प्रक्रिया स्थगित भएको थियो ।