सेयर बजारमा गिरावट जारी

Logo
सोहरुची प्रकाशित आइतबार, कार्तिक १०, २०८१ अर्थ

साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से ९.१९ अंकले घटेर दुई हजार ६१७.९५ विन्दुमा झरेको छ। क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ प्रतिशतले घटेको छ।

आइतबार ३२० कम्पनीका एक करोड ११ लाख ३४ हजार कित्ता सेयर चार अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँबराबरमा कारोबार भएको छ। अघिल्लो कारोबार दिन पाँच अर्बभन्दा धेरैको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये पाँच उपसमूहको सूचक वृद्धि हुँदा बाँकी उपसमूह घटेका छन्। जीवन बिमा र वित्त एक प्रतिशतभन्दा धेरैले वृद्धि हुँदा होटेल तथा पर्यटन, जलविद्युत् र व्यापार उपसमूह एक प्रतिशतभन्दा थोरैले बढेका छन्। बैंक १.३० प्रतिशतले घट्दा गिरावट भएकामध्येका बाँकी उपसमूह एक  प्रतिशतभन्दा कमले घटेका छन्।

घटेको बजारमा एलआइसी नेपाल, रिभर फल्स पावर, माईखोला हाइड्रोपावर र समृद्धि फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल एसबिआई बैंकका लगानीकर्ताले सर्वाधिक ६.७९ प्रतिशत गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२