केहि दिन अघि भिषण बाढीका कारण काभ्रेपलाञ्चोकको विभिन्न ठाँउहरूमा धेरै क्षेति पुगेको थियो ।
काभ्रेको बनेपा नगरपालिकाभित्रको विभिन्न ठाउँहरूमा पनि मानवीय क्षति समेत पुगेको थियो।
सोही मानवीय क्षति पुगेका ठाँउका पिडित परिवारलाई नेपाली काङ्ग्रेस बनेपा नगर समितिले गहिरो समवेदना सहित केही आर्थिक सहयोग गरेको छ ।
नेपाली काङ्ग्रेस बनेपा नगर समितिका सभापति महेश कुमार कर्माचार्यले अग्रज नेताहरूको उपस्थितिमा प्रत्येक मृतकका परिवारलाई रू २५००० को दरले सहयोग हस्तान्तरण गर्नुभएको छ।
कार्यसमितिले बनेपा नगरपालिकाको वडा नं , १० को स्व- युविन हुमागाईनको परिवारलाई रू २५०००, वडा नं , १४ का बाबू छोरी , स्व-मिलन तामाङ्ग र सुनिता तामाङ्ग को परिवारलाई रू ५०००० र वडा नं ५ का स्व- रिसिकेस दाहालको परिवारलाई रू २५००० सहयोग गरेको छ ।