बनेपा महोत्सव-२०८१ भब्य रुपमा उद्धघाटन, भोलि चर्चित गायिका प्रिति आलेको प्रस्तुति

Logo
सोहरुची प्रकाशित शुक्रबार, आश्विन ०३, २०८१ अर्थ काभ्रे विशेष खेलकुद धर्म संस्कृति मनोरंजन समाचार

बनेपा / बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा उग्रेश्वर मन्दिर प्राङ्गणमा बनेपा महोत्सव-२०८१ को उद्धघाटन आज भब्य रुपमा भएको छ ।

‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने मुल नाराका साथ आजदेखि संचालन भएको महोत्सवको उद्धघाटन समारोहलाई थप भव्य बनाउन बनेपा पार्टी भेन्युबाट बनेपा नगरपालिका परिक्रमा गर्दै महोत्सव हुने स्थानसम्म स्थानीय कला संस्कृति झल्कने बाजागाजा नाच , झाकी सहित विभिन्न संघ संस्था , कलेज , क्लबको सहभागितामा र्‍यालीको आयोजना गरिएको थियो ।आज बाट सुरु भएको महोत्सवको बागमती प्रदेशका आर्थिक, मामिला तथा योजना मन्त्री माननीय कुन्दन राज काफ्लेले उदघाटन गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले स्थानीय उत्पादन संरक्षण तथा प्रवर्द्धन गर्न प्रदेश सरकार अग्रसर रहेको बताएका हुन । व्यवसायको सुरक्षा राज्यको दायित्व भएको भन्दै व्यवसायीले पनि कर तिरेर सहयोग गर्नुपर्ने बताए । स्थानीय उत्पादन संरक्षण र प्रवद्र्धन गर्नु सरकारको दायित्व भएको भन्दै उनले यस्ता मेला, महोत्सवले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले मेला महोत्सवले स्थानीय उत्पादन तथा कलाको संरक्षण तथा प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकाल, नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, बनेपा नगरपालिका वडा नं ७ का कार्यवहाक अध्यक्ष रामप्यारी श्रेष्ठ लगायतले महोत्सव सफलताको कामना गरेका थिए ।

महोत्सवमा बिभिन्न बिधाका खेलकुद, गायन , नृत्य ,धिमे बाजा प्रतियोगिताका साथ साथै प्रत्येक दिन चर्चित राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२