सरकारले लगानी बोर्डको सिइओमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पुनर्निर्माण प्राधिकरणका तत्कालीन कार्यकारी प्रमुख ज्ञवालीलाई बोर्डको सिइओमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यस्तै, ३ असोज संविधान दिवसको अवसर पारेर धरहरालाई सञ्चालन गर्ने निर्णय पनि गरेको छ । ‘सम्बन्धित मन्त्रालयले सञ्चालनसम्बन्धी कार्यविधि नबनाउँदासम्म संविधान दिवसको दिनबाट सर्वसाधारणले निःशुल्क अवलोकन गर्न पाउने गरी सञ्चालनमा ल्याउने बैठकले निर्णय गरेको छ,’ ती मन्त्रीले भने । धरहरा व्यवस्थापन तथा सञ्चालन कार्यविधि बनाउने काम सहरी विकास मन्त्रालयले गर्नेछ