जग्गा बर्गीकरणको म्याद थप ०८२ असार मसान्तसम्म

Logo
सोहरुची प्रकाशित बुधबार, भाद्र २५, २०८१ समाचार

सरकारले जग्गा वर्गीकरणका लागि स्थानीय तहलाई ०८२ असार मसान्तसम्म म्याद थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली संशोधन गरी वर्गीकरणका लागि समय थपेको हो । यसअघि ३२ साउन ०८१ भित्र वर्गीकरण गरिसक्नुपर्ने प्रावधान थियो । तर, आधाभन्दा धेरै स्थानीय तहले यस अवधिमा जग्गाको वर्गीकरण गर्न नसकेपछि कित्ताकाट नै रोकिएको थियो । सोही आधारमा करिब १० महिनाको समय थप गरिएको छ ।

भूउपयोग ऐन, २०७६ को दफा ४ अनुसार जग्गालाई नौ प्रकारमा वर्गीकरण गरिने उल्लेख छ । जसमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी/खोला/ताल/सीमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रमा वर्गीकरण गर्ने उल्लेख छ ।

तर, कतिपय स्थानीय तहले कृषिबाहेक अन्य जग्गाको वर्गीकरण गर्न नसक्दा कित्ताकाट रोकिएको थियो । वर्गीकरण गरेकाले पनि कृषि र गैरकृषि गरी दुई अधुरो वर्गीकरण गरेका भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक रोशनशंकर घिमिरे बताउँछन्

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२