संसदीय समितिमा परराष्ट्रमन्त्री राणाले भनिन्–जति समावेशी हुनुपर्ने हो, त्यति हुन सकेन । यहाँका सुझावलाई कार्यान्वयन गर्नेछु । डिसिजन मेकिङमा म मात्रै नभएकाले प्रधानमन्त्री र सिंगो मन्त्रिपरिषद्मा यो कुरा अगाडि बढाउँछु । भोलिका दिनमा कानुन र निर्देशिकामै किटान गरेर जानुपर्छ ।
सांसदहरूले राजदूत नियुक्ति समानुपातिक सिद्धान्तविपरीत रहेको भन्दै फिर्ता लिएर सच्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राजदूत नियुक्ति असमावेशी भएको भन्दै संसदीय सुनुवाइ समितिले सोमबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बोलाएर छलफल गरेको थियो ।