काठमाडौं / ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२४’ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । शनिबार बानेश्वर स्थित सनराइज क्याफेमा ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२४’ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको हो।
बालबालिकाको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले ट्यालेन्ट राउण्ड सम्पन्न भएको हो। बालबालिकाको नृत्य, गायन, योगा बक्क्तित्वकला, कलाकारिता , बाध्य बाधन, कराते डेमो लगायत विभिन्न खालका प्रस्तुतिहरु सम्पन्न भएको थियो ।
भिडियो निर्देशक अनुप डंगोल, युवा पत्रकार अरबिन्द्र गौतम, निर्देशक धनेन्द्र तिमल्सिना, नृत्य निर्देशक संयुक्त स्थापित, अभिनय प्रशिक्षक प्रमोद बाबु यादव, मोडल प्रलिन्सा कोइराला निर्णायकको भुमिकामा रहेका थिए ।
विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा थुप्रै प्रतियोगी रहेका थिए । विभिन्न चरणको छनौट पार गर्दै ट्यालेन्ट राउन्डको यात्रा गरेका प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए ।
आठौं संस्करण ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२४’ रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो ।
‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२४’ मा विभिन्न प्रशिक्षण सहित ट्यालेन्ट राउण्ड प्रतिस्पर्धामा उत्रिएका प्रतियोगीको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी थिइन् ।