सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी भुटान परेको छ

Logo
सोहरुची प्रकाशित शनिबार, भाद्र ०७, २०८१ खेलकुद मनोरंजन

घरेलु टोली नेपालले साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा भुटानलाई प्रतिद्वन्द्वी पाएको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा समूह ‘बी’को खेल पूरा भएसँगै अन्तिम चारको समीकरण पूरा भयो । समूह ‘ए’बाट नेपाल विजेता र बंगलादेश उपविजेता भए । समूह ‘बी’मा भारत विजेता बन्दा भुटान उपविजेता भयो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आयोजना गरेको प्रतियोगितामा पाकिस्तानले नाम फिर्ता लिँदा ६ टोली सहभागी भए । एक पनि खेल नजिती श्रीलंका र माल्दिभ्स समूह चरणबाटै बाहिरिएका छन् । अब, आइतबार हुने पहिलो सेमिफाइनलमा दुईपटकका च्याम्पियन नेपाल र भुटान भिड्नेछन् । सोमबार हुने दोस्रो सेमिफाइनलमा तीनपटकको च्याम्पियन भारत र साबिक उपविजेता बंगलादेश प्रतिस्पर्धा गर्नेछन् ।

सेमिफाइनल दशरथ रंगशालामा नहुनेआयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताको सेमिफाइनल पनि दशरथ रंगशालामा नहुने बताएको छ । एन्फाले सेमिफाइनलका दुवै खेल सातदोबाटोमा हुने र फाइनल दशरथ रंगशालामा गर्ने योजना बनाएको छ ।

एन्फाले बुधबार दशरथ रंगशालामा फाइनल राति ५:३० बजे सुरु गर्ने बताएको छ । यद्यपि, लगातार वर्षा भएको अवस्थामा फाइनल पनि सातदोबाटोमै हुन सक्ने प्रवक्ता सुरेश शाहले बताए । ‘हाम्रो योजना फाइनल दशरथ रंगशालामै गर्ने हो । तर, लगातार वर्षा भएको अवस्थामा सोच्नुपर्छ ।’

२९ साउनमा एएफसी च्यालेन्ज लिगको प्रारम्भिक छनोट खेल दशरथ रंगशालामा भएको थियो । तर, नेपालको चर्च ब्वाइज र भुटानको पारो एफसी खेलिरहँदा मैदान निकै हिलाम्मे बन्यो । त्यसपछि मैदानको विषयमा निकै आलोचना भएको थियो । जिम्मेवारी पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मैदान समयमै निर्माण गर्न नसकेपछि साफ यू–२० च्याम्पियनसिप सातदोबाटो सरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२