निरन्तर उकालो तिर नेप्से

Logo
सोहरुची प्रकाशित सोमबार, साउन २७, २०८१ अर्थ समाचार

निरन्तर उकालो लागिरहेको नेप्सेले सोमबार दोहोरो अंकले बढेर २९ सयको बिन्दु पार गरेको छ। नेप्से परिसूचक ७०.८१ अंकले बढेर दुई हजार ९ सय ३१.६५ बिन्दुमा कारोबार बन्द भएको छ। आज सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि दुई प्रतिशतभन्दा धेरैले बढेका छन्।

३३९ कम्पनीका ६ करोड ४८ लाख ७६ हजार कित्ता सेयर कारोबार हुँदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि आइतबार कारोबार रकमले बनाएको कीर्तिमानी आजको कारोबारले पुनः तोडेको छ।

नेप्सेका १३ उपसमूहमध्ये लगानी र उत्पादन तथा प्रशोधनबाहेक सबै उपसमूहको सूचक बढेका छन् । लगानी ०.१९ प्रतिशत र उत्पादन तथा प्रशोधन १.१९ प्रतिशतले घटेको छ। जीवन बिमा उपसमूह सर्वाधिक ५.८५ प्रतिशतले बढ्दा व्यापार र वित्त चार प्रतिशतभन्दा धेरैले बढेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

soharuchidotcom@gmail.com
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२