काभा वुमन्स नेसन्स लिगमा नेपाल आज भारत संग भिड्दै

Logo
सोहरुची प्रकाशित बुधबार, साउन २२, २०८१ खेलकुद मनोरंजन समाचार

काठमाडौं / काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश संगै आज भारतसंग भिड्ने छ ।  मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५-२१, २८-२६ र २५-२० ले हराएको थियोे ।

मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ । फाइनल खेल आज  हुनेछ ।

लिग चरणमा वेष्ट अफ फाइभ खेलेर पराजित भएको नेपालले सेमिफाइनलमा इरानसँग बदला लिएको छ ।

पहिलो सेटको सुरुमा ५-१ ले पछि परेको नेपालले लगातार ४ अंक जोड्दै ६-५ को अवस्थामा अघि बढ्यो । त्यसपछि नेपालले लगातार अंक जोड्दै १६-१० को अवस्थामा पुग्यो । त्यसपछि एक समय २०-२२ मा पुगिसकेको नेपालले खेलमा पछि नपरी २५-२१ ले पहिलो सेट जित्यो ।

दोस्रो सेटको सुरुवातमा २-० को अग्रता इरानले बनाएको थियो । त्यसपछि नेपाल ६-४, १०-५ हुँदै अग्रता लिँदै गइरहेको थियो । तर केही सामान्य गल्ती गर्दा इरान खेलमा फर्कियो २०-२० को अवस्थामा पुग्यो । त्यसपछि इरानले अग्रता लिँदै २४-२१ को अवस्थासम्म पुग्यो ।

त्यसपछि नेपालले लगातार ३ अंक जोडेर २४-२४ बनायो । त्यसपछि दुबै टिमले पालैपालो अंक जोड्यो र  अन्तमा नेपालले लगातार २ अंक जोड्दै २८-२६ ले दोस्रो सेट जित्यो ।

तेस्रो सेटमा इरानले १०-७ को अग्रता बनाएको थियो । नेपालले खेलमा फर्कदै १५-१५ बनायो । त्यसपछि अग्रता लिँदै २३-१९ को अवस्थामा पुग्यो । यो सेट नेपालले २५-२० ले जित्यो ।

तेस्रो स्थानका लागि इरान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२